अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

करको दर होईन दायरा बृध्दि गर्ने अर्थमन्त्रीको भनाई

बिआरटीनेपाल २०७४ चैत २२ गते १०:२९ मा प्रकाशित

अर्थमन्त्री डा.युवराज खतिवडाले  कुनै पनि वस्तुमा करको दर बृध्दि गर्ने पक्षमा सरकार नरहेको  बताए ।

नेपाल आर्थिक पत्रकार समाज सेजन संगको कुराकानीमा अर्थमन्त्री खतिवडाले सरकार करको दर भन्दापनि करको दायरा फराकिलो बनाउनतिर उन्मुख रहेको बताएका हुन्।

बजेटको आन्तरिक स्रोत अहिले करिव ७ खर्ब मात्रै रहेको अवस्थामा केही वर्षभित्र आन्तरिक तर्फबाट मात्रै सबै बजेट धान्ने बनाउनु पर्ने अवस्था सिर्जना गर्न सबैले पहल गर्नु पर्ने समेत उनले बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारिक प्रयोजनमा मात्रै रहने संस्थान सरकारसँग नरहने बताए। उनले सरकारले सार्वजनिक हितका लागि वितरण गर्नुपर्ने स‌ंस्थाहरूमा सरकारको स्वामित्व रहने तर व्यापारिक प्रयोजनका मात्रै संस्था सरकारसँग नरहने बताएका हुन्।  उनले सरकार निजी क्षेत्रको प्रतिस्पर्धि नभई परिपूरक रहेको समेत स्पष्ट पारे। ‘
श्‍वेतपत्रमा नभएका र नपुगेका विषय समेटिएको खतिवडाले बताए। ‘राम्रा पक्षहरू छदै छैनन् भनेको हैन नभएको नपुगेका पक्षहरूलाई त्यहाँ हाइलाइट गरिएको उनको भनाई थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू