अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

महिला ह्याण्डबलमा नेपाललाई रजत पदक

बिआरटीनेपाल २०७४ चैत २१ गते ११:०६ मा प्रकाशित

महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगिताको ५ औं संस्करणमा नेपालले रजत पदक हात पारेको छ । ह्याण्डबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको यो पहिलो सफलता हो ।  भारतको लखनउमा आज सम्पन्न प्रतियोगितामा नेपाल भारतसँग २४–५ गोल अन्तरले पराजित भएको हो ।
राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले  बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाली टोली भोलि स्वदेश फर्कनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू