अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

प्रभावकारी कार्यान्वयनका लागि विज्ञ समूह– मन्त्री अधिकारी

बिआरटीनेपाल २०७४ चैत १८ गते १०:४७ मा प्रकाशित

पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका कर्मचारीसहित अवैतनिक विज्ञ समूह बनाएर मन्त्रालयका कामलाई प्रभावकारी बनाइने बताउनुभएको छ । नेकपा (एमाले) कास्कीद्वारा आज यहाँ मन्त्री नियुक्त हुनुभएकामा आयोजित सम्मान तथा बधाई कार्यक्रममा उहाँले विज्ञ समूहको सुझावअनुसार नै सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीले पार्टीको विचार, सिद्धान्त, नीति, जनभावनाअनुसार मुलुकको समृद्धिका लागि जिम्मेवार र निर्भीक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको हाल दुई दशमलव आठ जिडिपीलाई २५% बनाएर पर्यटन क्षेत्रलाई मुलुकको मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो । 

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवं सांसद खगराज अधिकारीले मुलुकको प्राकृतिक स्रोतसाधन, मौलिक संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरेर जनताको रोजगारीसँग जोड्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । नेकपा (एमाले) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले सङ्घीयता कार्यान्वयनसँगै असीमित जन आकांक्षा अनुरुप तीनवटै तहका सरकारले तीव्ररुपमा कार्यसम्पादन गर्नुपर्ने खाँचो आउल्याउ नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू