अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार ढकाल र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

बिआरटीनेपाल २०७४ चैत १७ गते ९:१३ मा प्रकाशित

काठमाडौँ, रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । उहाँ लगायत अन्य पत्रकारलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गर्नुभयो ।

यसै गरी, यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता दिलीप थापा मगरलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसै गरी, ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार छ ।

रिपोर्टर्स क्लब नेपालले ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोस्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ ।

यसै गरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइने यो पुरस्कारको राशि रु २० हजार छ । ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ देशसञ्चार डटकमकी संवाददाता (संयोजक) दीपा दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ ।

‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु १० हजारको छ । त्यसै गरी, यो वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ । रु पाँच हजार राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गर्नुभयो । दर्नाल विगत आठ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू