अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

डा. गोविन्द केसी डोल्पाका घरघरमा उपचार सेवा प्रदान गर्दै

बिआरटीनेपाल २०७४ चैत १७ गते ८:३८ मा प्रकाशित

डोल्पा, डोल्पाको माथिल्लो धो तराप उपत्यकामा डा. गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न आइपुगेका छन् । पत्रकारसँग कुरा गर्दै स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त बस्तीमा आइपुगेको डा केसीले भने । 

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताउछन उनी ।

करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुगेका हुन । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरूको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान् नै पाएको अनुभूति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङ बताउछन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू