अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

गायक अमर राईको ‘चञ्चले नानी’मा विल्सन विक्रम र शिल्पा पोखरेलको अभिनय

बिआरटीनेपाल २०७४ चैत १७ गते ५:३८ मा प्रकाशित

गायक अमर राईको स्वरमा सजिएको चञ्चले नानीले बोलको गीत सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । संवत यो जोडी पहिलो पटकसँगै देखिएको हो ।

भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

निकेश खड्का – गीतलाई हामीले गाउको एक कथा मार्फत प्रस्तुत गरेका छौ । विल्सन गाउले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु ।

अमर राई – गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको छ । गाउँको प्रेमिल टिपिकल शब्द प्रयोग गरिएको छ । गीतमा विल्सन र शिल्पा राम्रो देखिनु भएको छ ।

प्रतिक्रिया