अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि

बिआरटीनेपाल २०७४ चैत १५ गते ११:१७ मा प्रकाशित

 

चितवन,

चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताउनुभयो । चालू आवको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३६६ जना निकुञ्ज प्रवेश गरेका छन् । गत आवमा ८७ हजार १९० विदेशी, १५ हजार ८७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आव भरमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

हालसम्मकै सबैभन्दा बढी आव २०७१÷७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताउनुभयो । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघजस्ता जनावर हेर्न पाउने भएकाले यहाँ पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू