अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

बुद्यबार सेयर बजारमा सामान्य गिरावट

बिआरटीनेपाल २०७४ चैत १४ गते ११:१२ मा प्रकाशित

काठमाडौं, १४ चैत ।

बुद्यबार सेयर बजारमा सामान्य गिरावट आएको  छ । बजार खुला भएसँगै ८ अंकले उकालो लागेको बजार कारोबार अवधीभर घटबढका बीच अन्तमा २.९० अंकले घेटर १२०४ बिन्दुमा बन्द भयो ।

केही समययता निरन्तर घटेको बजार मंगलबार भने ३९.१६ अंकले बढेको थियो । अर्थमन्त्री डा.युवराज खतिवडाको अभिव्यक्तिको कारण बजार अप्रत्यासितरुपमा घटेको भन्दै लगानीकर्ताहरुले १९ बुदे माग सहित आन्दोलनमा जाने चेतावनी समेत दिएका थिए ।

आज कारोबारमा आएको मध्ये बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक उकालो लागेपनि अन्य सबै समूहको परिसूचक भने घटेको छ। सो दिन एक सय ६२ कम्पनीको ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा यूनिलिभर नेपाल लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू