अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

पोखरा-महेन्द्रनगर बसभित्रै यात्रु मृत फेला

बिआरटीनेपाल २०७४ चैत १४ गते ६:२५ मा प्रकाशित

कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा आज बसभित्रै मृत फेला परेका छन् । कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र नै यात्रु थापा मृत अवस्थामा फेला परेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी चेकपोष्टमा बस चेकजाँच गर्दा बोनटमा सुतेका थापा नउठेपछि उनको मृत्यु भै सकेको थाहा भएको हो । मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन् ।

समयदेखि क्षयरोगलेग्रस्त थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए ।

शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू