अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

अग्नि पीडित क्षेत्र (बराहक्षेत्र, सुनसरी) –रोगको संक्रमणको खतरा

बिआरटीनेपाल २०७४ चैत ५ गते १९:५५ मा प्रकाशित

इटहरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ ।

आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिनुभयो ।

आगलागीमा परी मरेका थुप्रै बाख्रा पाठा र गाई गोरुको व्यवस्थापन नगर्दा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो थियो ।

अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझै कहीँबाट राहत उपलब्ध हुन नसकेको अर्का पीडित गोपी यादवले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू