अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

चलचित्र ‘अमेरिका बोइज’को टिजर सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत ५ गते १०:२२ मा प्रकाशित

आउँदो जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अमेरिका बोइज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अमेरिकाबाट आएको एक ब्यक्तिको खोजी गरिरहेको देखिन्छ । पान खाएको ब्यक्ति फरार र उनको खोजीलाई रोचक ढंगबाट देखाइएको छ ।

सीबड्र्स पिक्चर्स र बडी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिषप्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारको अभिनय छ । प्रवेश पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी छ । समिर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल, राज केसीको सह लगानी छ ।

चलचित्रमा कथा, पटकथा तथा संवाद विबेक पाण्डेको छ भने आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको एक्सन, सुनिल क्षेत्री र नेपाली ठिटोजको कोरियोग्राफी छ ।

प्रतिक्रिया