अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

‘मिस ग्लोब ईन्टरनेशनल २०१८’का प्रतियोगिको प्रतिभा प्रदर्शन

बिआरटीनेपाल २०७४ चैत ४ गते २२:५२ मा प्रकाशित

राजधानीको राष्ट्रय नाँचघर जमलमा ‘मिस ग्लोब ईन्टरनेशनल २०१८’  का  प्रतियोगीहरुले आफुभित्र रहेको प्रतिभा देखाइरहेका छन् । मिस ग्लोब ट्यालेण्ट उपाधिका लागि प्रतियोगितामा सहभागी युवतीहरुले आ–आफनो प्रतिभा देखाएका हुन् । प्रतियोगीता स्टार वन ईटरटेनमेन्ट प्रालिले आयोजना गरेको हो ।

प्रतियोगीहरुले यो उपाधिका लागि ट्यालेण्ट राउण्डका निर्णायकहरुलाई आकर्षित गर्दै अभिनय, नृत्य, चित्रकला, उद्घोषणकला, गायनकला, वक्तृत्वकला लगायतका आफुभित्र अन्र्तनिहित प्रतिभा प्रदर्शन गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले ट्यालेण्ट राउण्डबाटै प्रतियोगिताको उद्देश्य धेरै हदसम्म पूरा भएको बताइन् । निरौलाले युवतीहरुको आत्म र व्यक्तित्व तथा प्रतिभाको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा सम्राट साह र श्रद्धा खरेलको कार्यक्रम संयोजनमा हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा मेलिना थापा, श्रृष्टी शर्मा, रिमा भट्टराई, सुरुचि तामाङ्ग, बिनिता कुमारी ठाकुर, रिना बम्जन, अनुशा श्रेष्ठ, निर्जला अधिकारी, सानु परियार, यमूना बिष्ट, क्रान्तिशिखा धिताल, कृशाङ्गी राजभण्डारी, श्वेता खनाल र ओसन प्रधान गरी १५ युवतीहरु स्पर्धामा उत्रदैछन्।

ट्यालेण्ट राउण्डका लागि कलाकारहरु ज्योति काप्mले, आदित्य बुढाथोकी, गायक कलाकार श्रीकृष्ण लुईंटेल बोके दारी, गायिका रीता केसी, नीतु कोईराला, टिचर आईकन अफ द इयर २०१७ शिल्पी गुप्ता, गायक सिमान्त उदास निर्णायक रहेका थिए। आयोजक पूजा निरौलाका अनुसार मिस ग्लोब ट्यालेण्ट उपाधिको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ ।

प्रतिक्रिया