अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

बिआरटीनेपाल २०७४ चैत १ गते १०:२१ मा प्रकाशित

काठमाडौँ

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू