अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

युएस बङ्गला विमान दुर्घटनाप्रति मानव अधिकार आयोगद्वारा शोक प्रकट

बिआरटीनेपाल २०७४ फागुन २९ गते ५:२४ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले युएस बङ्गला विमान  दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ठुलो संख्यामा भएको मानविय क्षती र घाईतेको अवस्थाप्रति आयोगले प्रेश विज्ञप्ती जारी गर्दै शोक प्रकट गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ:

बङ्गलादेशको ढाकाबाट नेपाल तर्फ आउँदै गरेको युएस बङ्गला विमान मिति २०७४ फागुन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ५० जनाको ज्यान गएको एवं २१ जना गम्भीर घाइते भएको दुःखद् घटनाप्रति आयोग गहीरो शोक प्रकट गर्दछ । आयोग दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै, आयोग दुर्घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

नेपालमा हवाई दुर्घटनाको इतिहासलाई हेर्दा हाल सम्म छ दर्जन बढी हवाई दुर्घटना भएको देखिन्छ । यसले नेपाली आकाश सुरक्षित रहेको वा नरहेको भन्नेबारे प्रश्न खडा भएको छ । त्यसकारण सम्बन्धित निकायबाट हवाई दुर्घटनाको सत्य अनुसन्धान गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ गम्भीर हुनुपर्ने बेला आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू