अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

‘सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने

बिआरटीनेपाल २०७४ फागुन २७ गते ५:३९ मा प्रकाशित

सार्क राष्ट्रका अग्रणि उद्योगी व्यवसायीहरुको छैटौँ सम्मेलन सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने भएको छ । सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २,३ र ४ गते नेपालमा सम्मेलन गर्न थालिएको हो ।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्क चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रि (सार्क उद्योग वाणिज्य संघ) का अध्यक्ष सुरज वैद्यले जानकारी गराउनु भयो । तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा संवृद्धि, सार्कदेशहरुमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँच वटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

अन्तिम सत्रमा सार्क देशहरुका वाणिज्य मन्त्रीहरु सम्मिलित छलफल कार्यक्रम रहेको छ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरुले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै उपस्थतिको लागि २०० र्साक राष्ट्रका प्रतिनिधिहरु, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरु तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ ।

सार्क राष्ट्रका अग्रणि व्यवसायीको छैटौ सम्मेलन हुनथाल्दा यो सँगै नेपालले दोस्रो पटक सम्मेलनको आयोजना गर्दैछ । यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो । २०१८ मा गर्न थालिएको सम्मेलन यसअघि पाकिस्तानमा राखिए तापनि त्यहाँ नहुनेभएपछि अध्यक्ष वैद्यको पहलमा नेपालमा गर्न थालिएको सार्क चेम्मवर अफ उपाध्यक्ष ओम राजभण्डारीले बताए ।

सार्क चेम्वरका अध्यक्ष सुरज वैद्यले  यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनु पर्ने बताउनु भयो । उहाँले सार्क क्षेत्रका सर्वसाधरण र व्यावसायिहरुले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आश गरेता पनि सोही राजनीतिक किचलोको कारण सोही अनुसार काम हुन नकसकेको बताउनु भयो ।

अध्यक्ष भएपछि पोखरfमा गरिएको परराष्ट्र मन्त्री स्तरको सम्मेलनमा मैले सार्क क्षेत्रमा सर्वसाधरण आश धेरै छन् तर निरास छौ हामी, भनेको थियोु वैद्यले भने सर्वोच्च संस्थको  रुपमा रहेको सार्क चेम्मवरले गर्ने यस्ता सम्मेलनबाट धेरै लाभ उठाउन सकिन्छ ।

अध्यक्ष वैद्यले आफू अध्यक्ष भएपछि यसअघि सार्क स्तरिय बैठक हुन नसकेका अफगानस्तान लगायतका देशका बैठक गरिएको, सार्क चेम्वरको आयोजनामा परराष्ट्रमन्त्रीहरुसँग बैठक गरिएको जस्ता कार्यहरु आफ्नो कार्यकालमा भएको बताउनु भयो । विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया भएको भन्दै वैद्यले अबको १०र१२ वर्ष सार्क क्षेत्रमा लागि विस्तारको लागि उपयुक्त र स्वर्णिम समय हुने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति तथा उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैजुले यो सम्मेलन नेपालको परिवर्तित अवस्था र नीति नियमको विषयमा जानकारी गराउनु सहयोग पुग्ने बताउनु भयो  । उहाँले निजी क्षत्रले गर्ने हरेक क्रियाकलापमा सरकारको सहयोग रहने बताउनु भयो । हामी निजी क्षेत्रका हरेक सकरात्मक कदममा सहयोग गर्न तयार छौ,यो सम्मेलनले नेपाल र सार्क क्षेको आर्थिक विकासमा सहयोग पुग्नेछु सैजुले भन्नुभयो ।

सम्मेलन सम्वन्धी अन्य जानकारीको लागि www.sblc.info मा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू