अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

दलित आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा भएको भन्दै पुन: आन्दोलन गर्नुपर्ने अगुवाहरुको धारणा

बिआरटीनेपाल २०७४ फागुन २६ गते ८:५९ मा प्रकाशित

संविधानमा लेखिएका समावेशी र समानुपातिक मुद्दा कार्यान्वयन नभएको दलित अगुवाहरुले बताएका छन् । विभिन्न चरणमा भएका दलित आन्दोलनबाट प्राप्त उपलब्धीहरुको संस्थागत गर्न फेरि आन्दोलन गर्नुपर्ने दलित अगुवाहरुले एक कार्यक्रममा धारणा राखेका छन् ।

संयुक्त दलित अधिकार मञ्च नेपालले शनिबार राजधानीको संवाद डबलीमा भएको गरेको ‘संघीयतामा दलित मुस्लिम अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका थिए ।

नेकपा एमाले निकट उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष जितु गौतमले दलित आन्दोलनका धेरै उपलब्ध संस्थागत भएको बताउँदै त्यसको लागि आन्दोलन जारी राख्नु पर्ने धारणा राखे ।

दलित बुद्धिजीवी डा. निर्मल विश्वकर्माले दलित आन्दोलनका उपलब्धीहरुलाई संविधानमा लेखिएपनि कार्यान्वयन हुन नसकेको बताए । दलित आन्दोलनका उपलब्धी रक्षा र कार्यान्वयनकै लागि आन्दोलन जारी राख्नु पर्ने विश्वकर्माले बताए ।

कायक्रम अधिवक्त चक्रमान विश्वकर्माले संविधानमा लेखिएका समावेशी र समानुपातिक एजेण्डाहरु कानुन बनाउदा छुटाइएको कारण कार्यान्वयनमा समस्या देखिएको बताए ।

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सिके गदाल,मुस्लिम नेता सोवराती मन्सुर,दलित अगुवा सुनिता मरिक,सरु सुनार,शान्ति सुनारलगायतले धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षतामा मञ्चका संयोजक लक्ष्मण बर्देवाले गरेका थिए भने संचलान दुर्गा बराइलीले गरेका थिए ।

त्यसैगरी सहभागीहरु रामशरण मजकोटी, कृष्ण तारुके, सोचना रामदाम लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू