अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

‘गाजलु’ टिमको नयाँ चलचित्र ‘द ब्रेकअप’ निर्माण घोषणा

बिआरटीनेपाल २०७४ फागुन २६ गते ५:५३ मा प्रकाशित

चलचित्र ‘गाजलु’ टिमले नयाँ चलचित्र ‘द ब्रेकअप’ निर्माणको घोषणा गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केलाई लिएर चलचित्र निर्माण गरिने बताइयो ।

चलचित्रमा आशिरमानको जोडी शिल्पासँग र नायक सलोन बस्नेतको जोडी नव–अभिनेत्री इच्छा कार्कीसँग बाधिनेछ । अष्ट्रेलिया र पोखरामा खिचिने चलचित्रको आइतवारबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्र रोमान्टिक कमेडी प्रेमकथामा निर्माण हुनेछ । कथा पनि बिसीले नै लेखेका हुन् । चलचित्रमा रेमनदास श्रेष्ठ र सरोज खनालको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया