अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

चलचित्र ‘भैरे’को पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन २५ गते १०:३१ मा प्रकाशित

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्र भैरेको पहिलो गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द र संगीत र यम बराल, बसन्त सापकोटा र मेलिना राईको आवाजमा रहेको ‘सान्नानीलाई भेट्न आउँदा’ गीत शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटी अभिनित गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।

गत कार्तिक ३० गते शुभमुहुर्त गरिएको भैरेले २०७५ साल जेठ १८ गतेलाई प्रदर्शन मिति तोकेको छ । चलचित्रमा भैरेको भुमिकामा दयाहाङ राई रहने छन् भने सुरक्षा पन्तलाई उनको जोडीका रुपमा देख्न पाईने छ ।

नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतीमा निमार्ण भएको यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), बिक्रान्त बस्नेत, बर्षा शिवाकोटी, बुद्धि तामागं (हैट) जयनन्द लामा, सबिता गुरुङ, जानबी बोहोरा, कुमारी लामा लगायतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन् भने बालकलाकार अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायताको पनि आभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोख्रेल र यम बरालको संगीत रहेको छ । प्रेम प्रसाद पौडेल निर्माता रहेको भैरेमा यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह -निर्माता रहेका छन् भने सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको ‘भैरे’मा बनिष शाहले सम्पादन रहेको छ ।

प्रतिक्रिया