अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

मुख्यमन्त्री शेरधन राई व्दारा सूचना प्रविधिको उपयोगमा जोड

बिआरटीनेपाल २०७४ फागुन २३ गते ८:२० मा प्रकाशित

प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को आज उद्घाटन गर्दै उहाँले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन सूचना प्रविधिको अधिकतम उपयोगमा तयार रहनुपर्ने बताउनुभयो ।

पाँच दिनसम्म चल्ने सूचना प्रविधि प्रादेशिक महोत्सवमा एकसयभन्दा बढी सूचना प्रविधिसम्बन्धी यन्त्र उपकरण एवं सूचना प्रविधिहरुका स्टलहरु राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू