अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

सङ्घीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी

विआरटी नेपाल सम्वाददाता, काठमाडौँ २०७४ फागुन १९ गते १०:५९ मा प्रकाशित

सङ्घीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको सङ्घीय संसद्को पहिलो बैठक सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय भएको छ ।

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गर्नुभएको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू