अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

कवि तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’को निर्दोष आँखा’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन १४ गते २:३४ मा प्रकाशित

मन न हो कहिले रुन्छ कहिले हाँस्छ दु:खमा दुख्ने पीडामा रुने आखिर मन नै रहेछ । आफ्नो भन्नेले साथ छोडेपछि रुनु मान्छेको जिन्दगी रहेछ । मनलाई काबू गर्न कोही रुन्छ कोही सेता खाली पानाहरूमा मनको भारी बिसाउने गर्छ र मनको भारी जब बिसाएर कोही  आनन्दी महसुस गर्छन्  ।

कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर”  साहित्य सिर्जना गरेर हजारौं लाखौं पाठक माझ तीन दशकदेखि निरन्तर साहित्य सृजनामा लागि परेका छन्  । अमरकै सृजना देश बिदेश जताततै छरिएको देख्न पनि सकिन्छ र सबै गीत संगीतप्रेमीहरूले मन पराएका पनि  छन् ।

अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तिन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा  आवाज समेत दिई सकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ,  कसम तोडी जानेलाई भूल्न धेरै रोएँ ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शव्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै  सार्वजनिक भएको छ ।

भिडियो सरोज श्रेष्ठको निर्देशनमा कलाकार रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ भने  गीतको इडिटिङ्ग माधवको रहेको छ ।

प्रतिक्रिया