अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

‘लालगेडी’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ११ गते ८:५६ मा प्रकाशित

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ ।

गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाँकन गरेका हुन् ।

विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।

सुरी राई –  यो एल्बम मेरो ड्रिम प्रोजेक्ट हो । गीतसंगीत प्रति सानै देखि लगाव थियो तर यसलाई अगाडी बढाउँन् सकेको थिएन । अब भने त्यो मौका पाएकी छु , आश छ मेरो अभ्यासले मलाई अगाडी बढाउछ । म आउदा दिनमा पनि आफुलाई संगीतमा निरन्तरता दिन चाहन्छु । गीत गाउने रहर हराउदै थियो तर पियुषजी को साथले यसलाई अगाडी बढाउने अवसर पाए ।

पियुष कुँवर – मेरो पनि संगीत प्रति लगाव थियो तर यसलाई निरन्तरता दिन सकेको थिइन् । सुरीजीसंग भेट भएपछी उहाको कलाको फ्यान भए । उहाको बहानामा मैले पनि गाउने रहरलाई प्रोफेसन दिने मौका पाए । मैले यसमा दुई गीतमा फिचर आर्टिस्टको रुपमा काम गरेको छु । गीतको भिडियोमा पनि म देखिएको छु तर यसमा देखिनुको कारण भने निर्देशक निकेश हुन् ।

 

प्रतिक्रिया