अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

स्व. निर्देशक दीपक रायमाझीको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ प्रदर्शन हुने

बिआरटीनेपाल २०७४ फागुन १० गते १६:५२ मा प्रकाशित

स्व. निर्देशक दीपक रायमाझीको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः प्रदर्शन हुने भएको छ । चलचित्र अब यसैबर्षको चैत २ गतेदेखी प्रदर्शनमा आउने निर्माता शरद अधिकारीले जानकारी दिएका छन् ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई प्रमुख भूमिकामा छन् । बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग र्पुयाउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने सोच निर्देशक रायमाझीको थियो ।

निर्देशक रायमाझीको निधनपछि अर्का निर्देशक मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पूरा भएको फिल्ममा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, विकास चापागार्इं, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामिछाने प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ।

विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको यो चलचित्रमा राजु थापा र सौरभ लामाको छायांकन,  निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।

सन् १९८० मै रूसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर उत्तीर्ण गरेका स्व. रायमाझीले २०४४ मा ‘भाग्य रेखा’ बाट नेपाली चलचित्रमा डेव्यू गरेका थिए । महानायक राजेस हमालका मामा समेत रहेका रायमाझीले नै चलचित्र युगदेखी युगसम्मबाट राजेश हमाललाई चलचित्र क्षेत्रमा भित्राएका थिए । युगदेखि युगसम्म, पराईघर, हाम्रो मिलन कहिले हुन्छ जस्ता सार्थक चलचित्रको निर्देशन गरेका छन् ।

प्रतिक्रिया