अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

‘कौन बनेगा करोडपति’को नेपाली संस्करण अभिनेता राजेश हमालले सञ्चालन गर्ने

बिआरटीनेपाल २०७४ फागुन ८ गते ५:४५ मा प्रकाशित

भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण सञ्चालन हुने भएको छ । ‘को बन्छ करोडपति’ नामबाट सुरु हुने यो कार्यक्रमलाई अभिनेता राजेश हमालले सञ्चालन गर्ने बताइएको छ ।

एपीवान टेलिभिजनले एसआरबीएन मिडियाको सहप्रायोजनमा ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमका लागि दर्ता खुला भएपछि ‘आइभीआर’ तथा ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन् । तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका १० जना कार्यक्रममा सहभागी भएर ‘को बन्छ करोडपति’ को हट सिटका लागि प्रतिस्पर्धा गर्नेछन् र प्रश्नको जवाफ सबैभन्दा छिटो मिलाउने एकजना हट सिटमा पुग्नेछन् । कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन् ।

बेलायतको ‘हु वान्टस् टु बी अ मिलिनिअर’ को आधिकारिक लाइसेन्स प्राप्त ‘केबीसी’ एपीवान टेलिभिजनले प्रसारण गर्न लागेको हो ।

प्रतिक्रिया