अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

कतारमा सांगीतिक कार्यक्रम ’बुम कुमारी सुपर स्टार नाइट’ हुँदै

बिआरटीनेपाल २०७४ फागुन ३ गते २३:०१ मा प्रकाशित

नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ् आउदो मार्च ९ मा कतारमा हुने भव्य सांगीतिक कार्यक्रम ’बुम कुमारी सुपर स्टार नाइट’ को तयारी भव्य रुपमा भईरहेको बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तले जनाएका छन् । उनि कार्यक्रमको तयारी गर्नको लागि कतार पुगिसकेका छन् ।

कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई यसअघि नै यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले म्यानेज गरिरहेको छ ।

‘कतारबासि नेपाली प्रस्तुतिका लागि पर्खाइमा हुनुहुन्छ’ कतारमा रहेका धिरेन्द्र भन्छन ’यसले आपसी मितव्ययितासंगै कला र संस्कृतिलाई समेत फैल्याउछ ।’ उनले त्यहाँ कतारबासी नेपालीबाट पाएको प्रतिक्रियाले आफु हर्सित भएको बताएका छन् ।

कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ भने नायिकाहरु निरुता सिंह, अनु शाहले नृत्य प्रस्तुत गर्नेछन । गायकहरु अनिल सिंह, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् भने सुर्के थाली खै , पुर्व पश्चिम रेल , कुटुमा कुटु जस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीले पनि आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछन ।

गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् । कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन ।

’यसपटक कतारमा रहेका नेपालीको लागि हामीले मनोरन्जनात्मक प्याकेजनै ल्याएका छौ’ नरेश भन्छन ’ तपाइको समय र पैसाको सदुपयोग हुनेमा दुईमत छैन ।’ संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे ।

‘हामीलाई कलाकारले पनि साथ् दिनु भएको छ अनि हामीलाई विश्वास गरेर आउने दर्शकलाऐअ कहिँ कतै बोर हुन् नदिने तयारी हाम्रो छ’ मनोज भन्छन ‘अघिल्ला कार्यक्रमको अनुभवले यसलाई परिपक्क बनाउन थप मदत पुगेको छ ।’ कार्यक्रम मार्च ९ मा दोहा स्थित एसियन टाउन एम्पीथिएटरमा हुनेछ । कार्यक्रमको गेट ४ बजे खोलिनेछ भने सुरु ६ बजेबाट हुने जनाइएको छ । ोचमा छौ ।

प्रतिक्रिया