अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’को ‘यो मन रमाउँदै’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ३ गते २२:०१ मा प्रकाशित

आजबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । दीवाकर भट्टराईको शब्द र अर्जुन पोखरेलले संगीतमा अञ्जु पन्त र युवराज चौलागाईँ स्वर रहेको ‘कान्छी’ को नयाँ गीत ‘यो मन रमाउँदै’ बिहिबार बुढासुब्बा डिजिटल प्रालीको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नायिका तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई फिचर्ड ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

प्रतिक्रिया