अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

भ्यालेन्टाइन डे बिशेष अम्बिकाको ‘आदत’मा पल र सन्ध्याको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन २ गते ०:४१ मा प्रकाशित

भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत…’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १३ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुमन केसीको स्वरमा सजिएको उक्त मेलोडियस गीतमा संगीतकार शंकर थापाको संगीत निर्देशन छ । संगीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा लोकप्रिय अभिनेता पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ ।

हरि हुमार्गांद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो भिडियो गीतकार अम्बिका गुरुङकै आधिकारिक यूट्युब च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट अपलोड गरिएको हो ।

प्रतिक्रिया