अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

सुजन तिगेलाको भ्यालेन्टाइन लक्षित गीत ‘कसम मन पर्यो’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २९ गते २०:४८ मा प्रकाशित

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम ‘कालजयी -२’ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

सुजन तिगेला लिम्बु  (गायक) – मैले आफ्नो सांगीतिक यात्राको सुरुवात बिक्रम संवत २०५८ साल देखि नै गरेको थिए । त्यसको केहि समयपछी ’कालजयी’ एल्बम मार्फत संगीतलाई निरन्तरता दिए । त्यसमा समावेश गीत ’के सरो ब्युटी’ लाई दर्शक तथा श्रोताले रुचाइदिनु भएपछी यतिबेला ’कालजयी -२’ लिएर तपाइँसामु आएको छु । यस एल्बममा संग्रहित गीत ’कसम मन पर्यो’ को भिडियो प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरेको छु । गीतमा मैले लिम्बु कल्चर पनि समेटेको छु । गीतमा म आफैले अभिनय गरेको छु । लिम्बु कल्चर समेटिएकोले म आफैले अभिनय गरेको हु । दर्शकको रोजाई अनुसारको भिडियो तयार गरेको जस्तो आभाष भएको छ । यो प्रणय दिवसमा यस गीतले तपाईलाई मायाको आभाष दिलाउछ भन्नेमा विश्वस्त छु ।

शान थापा  (निर्देशक) – गीतले प्रेम भाव व्यक्त गर्छ यसैले पनि प्रणय दिवसकै सेरोफेरोमा सार्वजनिक गरेका छौ । गीत रमाइलो बनाउने कोशिस गरेका छौ । गीतकै भाव अनुसार यसमा सुजनजी र एलिशाजीलाई फिचरीङ गराएका छौ । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गरेको छ ।

प्रतिक्रिया