अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

वैदेशिक लगानीका विषयमा स्पष्ट नीति बनाउन जरूरी छ – प्रचण्ड

बिआरटीनेपाल २०७४ माघ २८ गते ४:२९ मा प्रकाशित
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
 
नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको हो ।
“विश्वव्यापिकरणको यो समयमा हामिलाइ कतिपय क्षेत्रमा वैदेशिक लगानि आवश्यक पर्छ ।” प्रचण्डले भन्नु भयो, “तर कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने ख़तरा बढ़छ ।”
अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतंत्र तर्फ अघि बढन सक्ने बताउनु भयो । यसका लागि राज्यको चरित्र जनपक्षीय हुनुपर्ने वहाँले बताऊनु भयो । “बिडंबना, राज्यले किसानको पक्षमा काम गर्न सकेको छैन, कतिपय अवस्थामा त राज्यका नीतिहारू नै किसानलाई समस्यामा पार्ने किसिमका पनि छन ।” अध्यक्षले भन्नुभयो, “ कतिपय देशहरूको बजेटको ठूलो हिस्सा किसानलाई अनुदान दिन विनियोजन गरिएको हुंछ, किसानलाई अनुदान दिने, संरक्षण दिने कार्यक्रम हुने गरेका छन । तर हाम्रो राज्यको चरित्र यस्तो हुन सकेन ।
आफूले समृद्द नेपालको सपना देखेको बताऊँद अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताउनु भयो । चुनावमार्फ़त जनताले यही समृद्दीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवशायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने वहाँले बताउनु भयो । जनताको पक्षमा काम गर्ने सरकार बनेको अवस्थामा वैदेशिक लगानीदेखी अनुदानसम्मका बिषयमा जनमुखी नीतिको व्यवस्था गर्न सकिने प्रचण्डले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका वक़्ताहरूले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट उचित नीतिसहित सहयोगका लागी अध्यक्षसमक्ष माँग गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू