अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

चलचित्र ‘रानीमहल’बाट नायिका बर्षा शिवाकोटी र खलनायक प्रशान्त ताम्राकार बाहिरिए

बिआरटीनेपाल २०७४ माघ २८ गते ३:०२ मा प्रकाशित

केहि साताअघि मात्रै राजधानीको पाँचतारे होटलमा निर्माणको घोषणा भएको चलचित्र ‘रानीमहल’बाट नायिका बर्षा शिवाकोटी र खलनायक प्रशान्त ताम्राकार बाहिरिएका छन् । चलचित्रको बिषयबस्तु र निर्माणटिम राम्रो लागेकोले पनि लामो समय देखी अन्य चलचित्रको अफरलाई पनि रिजेक्ट गरेरै कुर्दै आएको नायिका बर्षाले बताएकी थिइन् । साथै बर्षाले असारमै चलचित्र साइन गरेर अग्रिम पेमेन्ट समेत लिइसकेकी थिइन् । साथै प्रशान्तले पनि मोटो रकम लिएर यस चलचित्रमा अभिनय गर्न राजि भएका थिए ।

कारणः छायांकन ढिलाई

चलचित्रका बर्षा र प्रशान्त बाहिरिनुको मुख्य कारण चलचित्रको छायांकन शुरु नहुनु हो । चलचित्र घोषणाको लामो समयसम्म पनि छायांकन शुरु हुन नसक्दा आफुहरुले कुर्न नसकेको बताएका छन् । बर्षाले असार देखी नै यो चलचित्रलाई कुर्दै आएकी थिइन् तर निकै समय हुँदासम्म पनि छायांकन शुरु नभएपछि हात झिकेको बताएकी छिन् । बर्षाले ‘रानीमहल’ कै लागी भनेर चारवटा चलचित्रको अफर रिजेक्ट गरिसकेकी छिन् । ‘मैले यहि चलचित्रका लागी भनेर सातमहिना कुरिसकेँ तर अझै पनि छायांकन शुरु भएन । अझै फागुनसम्म पर्खिन तयार थिएँ तर छायांकन तत्काल शुरु हुने देखिएन त्यसैले बाहिरिएकी हुँ ।’, बर्षाले भनिन् ।

यस्तै, प्रशान्तले पनि चलचित्रको छायांकन ढिला सुरु हुने भएपछि ‘रानीमहल’ छाडेको जानकारी दिए । उनले भने, ‘अफिसियल रुपमा मैले साइनिङ अमाउन्ट फिर्ता गर्दै चलचित्र छाडिसकेको छु । चाँडै मेरो नयाँ चलचित्र ‘रणवीर’ को छायांकन सुरु हुँदैछ । म एकसाथ दुई चलचित्रको सुटिङ गर्न सक्दिनँ । त्यसैले ‘रानीमहल’ छाडेँ ।’

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘रानीमहल’ मा आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल लगायत नयाँ कलाकारहरुको मुख्य भूमिका रहने छ ।

प्रतिक्रिया