अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

सासंद आचार्यको पहलमा स्वास्थ्य सेवा उपलब्घ

बिआरटीनेपाल २०७४ माघ २७ गते १५:०५ मा प्रकाशित

रसुवा, रसुवाको दुर्गम भेगका नागरिककालागी नियमितरुपमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको संस्था आस्क फाउन्डेशन संगको सहकार्यमा टेलि मेडिसनका माघ्यमबाट स्वास्थ्य सेवा उपलब्घ गराउन सासंद मोहन आचर्यको पहलमा आजबाट काम शुरुभएको छ । हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट यो सेवा शुरु गरिएको हो । पछि यसलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने छ। 

यसका अतिरिक्त नियमितरुपमा स्वास्थ्य शिविर संञ्चालन गर्ने उघ्देश्यले स्वस्थ्य शिविर कार्यक्रम पनि शुरु भएको छ । भुकम्पबाट विस्थापित खाल्टेका विस्थापितहरुलाई स्वास्थ्य सेवा प्रदान गरेर शुरु भएको स्वास्थ्य शिविर कार्यक्रमलाई अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको सस्था आस्क फाउन्डेशनसंगको सहकार्यमा निरन्तरता दिईने छ । 

शनिबार खाल्टेमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा डा अनुराग अर्याल ,डा मुकुल ढकाल ,डा समन अर्याल डा सुशिल ज्ञवाली ,डा अन्सुमाला अधिकारी , डा विनिता गौतम र डा अविनाश पल्लभले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो। स्वास्थ्य शिविरका लागी आवश्यक निशुल्क औषधि क्यूमेड फार्मुस्यूटिकल र देउराली जनता फार्मास्यूटिकलले उपलब्ध गराएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू