अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

चलचित्र ‘कृ’ ले पोखरेली दर्शकको मन जित्यो, सत प्रतिशत प्रतिकृया सकारात्मक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २७ गते २:३७ मा प्रकाशित

देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘कृ’ हेरेपछि पोखराका दर्शकले चलचित्र धेरै राम्रो बनेको प्रतिकृया दिएका छन् । शनिबार पोखराको बाराही चलचित्र मन्दिरमा हाउसफुल बनेको कृ हेरेर निस्केका दर्शकले खुसी हुँदै चलचित्र धेरै राम्रो भएको बताएका हुन् ।

शनिबार बिदाको दिन भएकाले पनि चलचित्र घरमा कृ हेर्ने युवायुवतीको उपस्थिती बाक्लो देखिन्थ्यो । यो चलचित्र हेर्नेमा युवाबर्गको तुलनामा अरुको उपस्थिती अत्यन्त न्युन देखिएको । चलचित्र हेरेका कसैले चलचित्र आफ्नौ जीवनसंग मेल खाएको प्रतिकृया समेत दिएका छन् ।

प्रतिक्रिया