अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

मिस नेपालको धरानमा अडिसन

बिआरटीनेपाल २०७४ माघ २६ गते २१:१५ मा प्रकाशित

धरान, नेपालकै प्रतिष्ठित सौन्द्र्य प्रतियोगिता मिस नेपालको २३ औँ संस्करणको लागि शुक्रवार धरानको नवयुग होटेलमा अडिसन सम्पन्न गरिएको छ । ५.४ इन्च , प्लस २ पास र १९ देखि २५ वर्ष उमेर पुगेका युवतीहरूले भाग लिन पाउने मिस नेपालको धरान अडिसनका लागि ४ जना अडिसनमा सहभागी थिए । नेपालगंज, बिरगंज, पोखरा, बुटवल, नेपालगंज, धनगढीमा समेत अडिसन सकिसकेको मिस नेपालको बिर्तामोड अडिसन आगामी फाल्गुन १ गते हुनेछ भने  फाल्गुन ५ गते काठमाण्डौमा अन्तिम अडिसन हुनेछ । 

धरान अडिसनमा अनुपमा बास्तोला ,सन्ध्या भेटवाल , सुम्निमा खापुंग र अनु ढुंगाना सहभागी भएकोमा अनु ढुंगाना मिस पुर्वान्चल २०१७ कि सेकेन्ड रनरअप भएकोले डाइरेक्ट इन्ट्री दिइएको छ भने अन्यलाई काठमाडौँ अडिसन सम्पन्न गरेपछि प्रस्तुति तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाको लागि सहभागी गराइनेछ आयोजक हिँडेन ट्रेजरर्को निर्देशक अजय स्थापितले बताउनुभयो । आगामी चैत्र २८ गते काठमाण्डौमा भब्यरुपमा मिस नेपालको फिनाले आयोजना हुने मिस नेपालको धरान अडिसनमा हिँडेन ट्रेजरर्को निर्देशक अजय स्थापित , मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक रहेका थिए । त्यस्तै अडिसन अघि मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, मिस पुर्वान्चल २०१६ फर्स्ट रनरअप इक्सा मादेनले धरानको युएन कलेज र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पिनमा सहभागी भएका थिए ।कलेजका विद्यार्थीहरूलाई मिस नेपाल को बारेमा जानकारी दिँदै विभिन्न मनोरन्जनात्मक प्रतियोगिता, सेल्फी प्रतियोगिता सञ्चालन गरिएको थियो । 

प्रतिक्रिया