अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

प्रमोद डिजीको आधुनिक गीत ‘सपना ‘सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २४ गते ८:२७ मा प्रकाशित

युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीत सपना युटुव मार्फत सार्वजनिक भएको छ । कविता खत्रिको शब्द तथा संगीत रहेको गीतको भिडियो देवि म्युजिक सोलुसनको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।

उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ भागाईलाई गितमा समेटिएको गायकले बताएका छन ।

गीतको एरेन्ज पुष्कर सुनवारले गरेका हुन । म्युजिक भिडियोमा रमिला र आयुशले अभिनय गरेका छन् । सपना भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

https://youtube.com/watch?v=6cRDq4Q2TJk

प्रतिक्रिया