अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबलको उच्चस्तरीय संयन्त्र समिति सदस्य बिजय सापकोटाद्वारा एच बि ताम्राकारलाई नियुक्त

बिआरटीनेपाल २०७४ माघ २३ गते २३:२६ मा प्रकाशित

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबलको मातहतमा रहने अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र समिति (काउन्सिल अफ इन्टरनेसनल एजुकेशन) का सदस्य नेपाली विद्यार्थी विजय सापकोटाले आज एक प्रेस नोट जारि गदै प्रेस सल्लाहकार नियुक्त गरेको घोषण गरेका छन् ।

विगत केही वर्षदेखि जापानमा रहेर पत्रकारिता र समाज सेवामा सक्रिय युबा ब्यवसायि एच बि ताम्राकार लाई नियुक्त गर्नुभएको हो । सुदुरपश्चिमेली समाज जापानको प्रबक्ता समेत रहनुभएका उहाँ ओएसनेपाल संग आवध्ब हुनुहुन्छ ।

‘उहाबाट मैले पुर्बी एसिया बिसेष गरि जापानका मेरा गतिबिधि हरुबारे उपयुक्त सल्लाह र सहयोग पाउने आशा गरेको छु, नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाई अन्र्तराष्टियाकरण गर्नु हामी सबै को कर्तब्य हो . साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपालको हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो । सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु । उहाको काम लाई सहयोग गर्न म सबैमा अनुरोध गर्दछु.’ विज्ञप्तीमा भनिएको छ ।

करिब ४ वर्षअघि अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएका सापकोटा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत छन् । न्यु साउथ वेल्स सरकारबाट अन्र्तराष्ट्रिय वर्ष विद्यार्थी अवार्डबाट सम्मानित भएका सापकोटा नेपालमा केही बर्ष अघि सम्पन्न युवा सार्क सम्मेलनबाट युवा उत्प्रेरणा सम्मानबाट समेत सम्मानित भएका थिए ।

शिक्षामन्त्री सिमोन बिरमिङ्गम अध्यक्ष, परराष्ट्रमन्त्री जुलि बिसप लगायतका मन्त्रीहरु सदस्य रहेको यो समिति अष्ट्रेलियाको शिक्षा क्षेत्रमा नीति तथा नियम ल्याउनका लागि महत्वपूर्ण समिति हो । यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरु र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरुसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि कार्य गर्ने गर्दछ ।

यसैगरि अष्ट्रेलियाको भावि अर्थतन्त्रको विकास, अन्तर्रा्ष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा काम गर्छ । अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुको संगठन काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष रहेका सापकोटा उक्त समितिमा १ वर्षका लागि पदेन सदस्यका रुपमा चयन हुन् भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय