अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

दरबार मार्गको आई क्लबमा जाडो र गर्मीको फेशन मेनियाँ

बिआरटीनेपाल २०७४ माघ २१ गते ८:४२ मा प्रकाशित

माघको जाडोलाई वेवस्ता गर्दै दुई दर्जन मोडलहरु निकै आकर्षक र पारदर्शी फेशनमा  र्‍याम्पमा उत्रिएका छन् ।

नयाँ डिजाईनका फेशनलाई प्रोत्साहन गर्ने उदेश्यले दरबार मार्गको आई क्लबले आयोजना गर्दै आएको ‘फेशन मेनियाँ’को १८ औं श्रृंखलामा यस पटक विभिन्न सिक्लेन्सका ड्रेस प्रस्तुत गरियो । यस पटक काजल क्रियसनका डिजाईनर काजल शर्माले तयार ग रेका विभिन्न शैलीका डिजाईन विभिन्न मोडलहरुले प्रस्तुत गरे ।

काजलले आउँदो गर्मीलाई लक्षित गरेर काजलले तयार गरेको इभनिङ गाउनको प्रस्तुतिसँगै फेशन शो सुरु भएको थियो । यसपछि उनकै डिजाईनमा तयार गरेको जिपर सारी र जिपर चोलोमा सजिएर मोडलहरु अर्को सिक्वेन्समा प्रस्तुत भए । काजलले तयार गरेको विभिन्न डिजाईनका लेहँगालाई पनि मोडलहरुले मञ्चमा प्रस्तुत गरे ।

जाडो लक्षित ओभरकोट, विन्टर गाउन गाउन, गर्मीलाई लक्षित गरिएको वान पिस जस्ता पहिरन पनि फेशन सोमा प्रस्तुत गरियो । बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको सो कार्यक्रमको कारियोग्राफी धिरत तण्डुकारले गरेका थिए ।

यो फेशन शोमा ¥याम्पमा एन्जिला भेटवाल, पुनम भण्डारी, प्रसिमा बुढाथोकी, विशाखा पाण्डे, सन्ध्या कोईराला, प्रेमा भुजेल, सिम्रन शाक्य, बर्षा श्रेष्ठ, मिरा लामा, शोफी कार्की, पुजा गिरी, ममता बस्नेत, प्रविणा थापा, श्रद्धा सुवेदी, रोशनी ऐरे, रुक्सना श्रेष्ठ, सुष्मा भट्टराई लगायतका मोडल उत्रिएका थिए ।

प्रतिक्रिया