अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

प्रमोद कोइरालाको भ्यालेन्टाइन कोशेली ‘के हो तिम्रो नाँउ’ (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २० गते ४:१७ मा प्रकाशित

नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक भएको छ । प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत गायक प्रमोद कोइरालाको रहेको छ ।

त्यस्तै शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ । यो गीतमा मोडल नयन र पुनमको फिचरिङ रहेको छ । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ । छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।

प्रतिक्रिया