अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

‘मिस कलेज आइकन’को उपाधि प्रकृति कार्कीलाई

बिआरटीनेपाल २०७४ माघ १९ गते ६:१३ मा प्रकाशित

‘मिस कलेज आइकन २०१८’ को उपाधि प्रकृति कार्कीले जितेकी छिन् । कलेजमा अध्ययनरत किशोरीहरुबिच आयोजना भएको उक्त प्रतियोगीता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भयो ।

प्रकृति वेष्ट हेयर उपउपाधि विजेता पनि भएकी छिन् । प्रतियोगितामा सिसम आचार्य फष्ट रनर्सअपका साथ मष्ट आइकनीक आइज, अन्जली चित्रकार सेकेन्ड रनर्सअपका साथ मष्ट व्युटिफल आइज र फेसन आइकन अवार्ड विजेता, युनिशा बजगाई थर्ड रनर्सअपका साथ मिस ट्यालेन्ट र फेसबुक च्वाइस भए ।

त्यसैगरी निर्मला पुरी मष्ट पपुलर र मष्ट एक्टीभ, सिरिन गुरुङ्ग मिस क्याटवाक, बृक्षा सिलवाल बेष्ट स्किन र मष्ट फोटोजेनिक, सुमी महर्जन बेष्ट पर्सनालिटी, मीना तामाङ मष्ट चार्मिङ्ग, अनिशा पोख्ररेल बेष्ट स्पिच, अनिशा देउला बेष्ट फिटनेश, डोल्मा वाइबा मष्ट फ्रेण्डली, दिपा मगर मिस व्युटीफुल, रोशनी राई मिस कन्जिनियालिटी, शालु चौधरी मष्ट डिसिप्लेन, अस्मी शाक्य बेष्ट फिजिक, स्वेता बलामी बेष्ट सिंगर, मष्ट कन्फीडेन्ट र सगुना खड्का बेष्ट डान्सर चुनिएका छन् ।

अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन भएको अर्को प्रतियोगिता लिटिल आइकन नेपाल २०१८ को जुनियर तर्फ श्रेया लिम्बु विजेताका साथमा मिस पर्फेक्ट, अनुष्का तामाङ फष्ट रनर्सअपका साथ मष्ट बेष्ट हेयर र फेसबुक च्वाइस, प्रमिसा राई सेकेन्ड रनर्सअपका साथ मिस क्याटवाक, बेष्ट पर्सनालिटी र मेनेजमेन्ट च्वाइस, ग्रीवा घिमिरे थर्ड रनर्सअपका साथ मष्ट व्युटिफुल आइज र मष्ट फोटोजेनिक, आदिता चाम्लीङ राई फोर्थ रनर्सअपका साथ बेष्ट स्किन र बेष्ट आर्टवर्क भए ।

त्यसै गरी कामना राई मष्ट पपुलर र बेष्ट स्पीच, सलिना गुरुङ मिस ट्यालेन्ट, रेनुका मगर मष्ट चार्मिङ, अक्षता गुरुङ बेष्ट फिटनेश, सुनिता श्रेष्ठ मष्ट फ्रेण्डली, सुसिना बराईली मिस व्युटिफुल, कुशुम लिम्बु मिस कन्जिनियालीटी र मष्ट कन्फिडेण्ट, सुबिना श्रेष्ठ मष्ट डिसिप्लेन, प्रशंसा शाह क्युटेष्ट बेबी अफ द इयर, अन्जली शाह बेष्ट फिजिक, सोनी लामा फेशन आइक अवार्ड, निशा लामा मष्ट एक्टीभ, मन्जली शाह मेनेजमेन्ट च्वाइस र दिया खण्ड्की मष्ट पोजिटिभ एटिट्युड भए ।

सिनियरतर्फ हन्नाह श्रेष्ठ विजेताका साथमा मष्ट पंचुअल, यांकी सिलवाल फष्ट रनर्सअपका साथमा बेष्ट हेयर र मष्ट चार्मिङ, प्रेरणा बिके सेकेन्ड रनर्सअपका साथमा मष्ट व्युटिफुल आइज र दक्षिणा राई थर्ड रनर्सअपका साथमा बेष्ट आर्टवर्क भए।

त्यसै  रिया राई मष्ट पपुलर, मष्ट फ्रेण्डली, मिस व्युटिफुल र फेसबुक च्वाईस, प्रियंका थापामगर मिस क्याटवक, सोनीया राई मिस ट्यालेण्ट, बर्षा श्रेष्ठ बेष्ट स्किन र मष्ट फोटोजेनिक, सुष्मीता लिम्बु बेष्ट पर्सनालिटी, रोशनी कार्की बेष्ट फिटनेश, रागिना शाही मिस कन्जिनियालीटी र बिनिता पुन बेष्ट फिजिक भए।

बालकतर्फ सेहाङ्ग राई विजेताका साथमा मिष्टर ट्यालेण्ट, मष्ट पपुलर र मिष्टर क्याटवक, निश्चल श्रेष्ठ फष्ट रनर्सअपका साथमा मिष्टर हयाण्डसम, लक्ष्य झा सेकेन्ड रनर्सअपका साथमा मष्ट फोटोजेनिक, जेनिस शाक्य मेनेजमेन्ट च्वाइस, रौनक चौधरी मष्ट डिसिप्लेन र मष्ट एक्टीभ, रेडिक्स माली मष्ट फ्रेण्डली र अमिर वाइबा बेष्ट आर्टवर्क भए ।

दुबै प्रतियोगितामा कलाकारहरु गजित बिष्ट, सुरेन्द्र केसी, वर्षा राउत,  मिसेस नेपाल आइकन २०१७ की बजेता बर्षा कार्की, संगीतकार सरोज प्याकुरेल, फिल्म लेखक शिवम् अधिकारी, नेपाल क्रीकेट टिमका भुपु मेनेजर पुर्ण लामा र इभेन्ट अर्गनाइजर निशुकान्त झा निर्णायक रहेका थिए । प्रतियोगीतालाई एएनपी मिडिया हाउसले आयोजना गरेको हो ।

प्रतिक्रिया