अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

हट अवतार सहित ज्योती मगरको नयाँ गीत ‘स्याल कुखुरी’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १७ गते ६:५५ मा प्रकाशित
 
चर्चित गायिका ज्योगी मगर र गायक तेजस रेग्मीको अवाजमा सजिएको रमाइलो गीत स्याल कुखुरी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  तेजसकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई  निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।
सुजन शाहीको सम्पादन रहेको भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । ज्योतीले भिडियोमा आफ्ना प्रेमी सरापेलाई दुध खुवाउनेदेखि एक्लै भेट्ने र रमाइलो गर्नेसम्मका कुराकानी गरेका छन् ।
युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ । भिडियोलाई दर्शकले अत्यधिक रुचाएसँगै ट्रेण्डिगंमा समेत परेको छ । भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको हो ।
गीतको भिडियो सार्वजनिक भएको छोटो समयमा नै गीतले सांगीतिक बजारमा राम्रो चर्चा कमाइरहेको छ ।

प्रतिक्रिया