अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

काँग्रेस महाधिवेशन जरुरी छ –  नेता रिजाल

बिआरटीनेपाल २०७४ माघ १४ गते ३:४० मा प्रकाशित

 नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस महासमितिको बैठक तत्काल गर्नुपर्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले अब काँग्रेसले संघियतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने र यसका लागी महासमितिको बैठक आगामी बैशाखमा गर्ने उहाँले बताउनुभयो ।

बैंठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै पार्टीको आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताउनु भयो ।

काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीका रुपमा रुपान्तरित हुनुपर्ने नेता रिजालले बताउनुभयो ।

सरकार गठनपछि काँग्रेस प्रतिपक्षको भूमिकामा बसेर देश विकासका लागी रचनात्मक भूमिकामा रहने उहाँले बताउनुभयो । बाम गठबन्धनलाई काम चलाउ सरकारले गरेका निर्णयमा भन्दा पनि सरकार गठन प्रक्रियामा अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय सभाको निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ । राष्ट्रिय सभाको निर्वाचन लगत्तै नयाँ सरकार निर्माण हुने बताउनुभयो ।

मुलुलकको सीमा मिचिएको बिषय एकदमै जटिल भएका कारण यसका बिषयमा सबै दलले गम्भिर भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू