अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ युट्युबमा सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ १४ गते २:१९ मा प्रकाशित
केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ ।  सार्वजनिक सामाजिक चलचित्रमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् । स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ । पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र ‘गाउँकी छोरी’ आईतबार युट्युबमा सार्वजनिक भएको हो । दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया