अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठको डबिङ सक्कियो, किरण केसी डबिङमा

बिआरटीनेपाल २०७४ माघ १२ गते २:२० मा प्रकाशित

चैत्र ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को डबिङ भईरहेको छ । मल्टिमेट प्रोडक्सनमा फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार डबिङ सकाएका छन् । मदनकृष्णसंगै किरण केसीले पनि आफ्नो केहि सिनको डबिङ सकाएका छन् ।

यस अघि नै पल शाहले आफ्नो ७० प्रतिशत डबिङ सकाईसकेका छन् । तस्तै दीपाश्री निरौलाले पनि आफ्नो डबिङ सकाईसकेका छन् । आँचल शर्मा , प्रियंका कार्की , शिव हरि पौडेल र दीपकराज गिरीले क्रमस आफ्नो डबिङ सकाउनेछन् । पहिलो सार्वजनिक गीत रुपै मोहनी मार्फत हाइप क्रिएट गरिरहेको फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीलाइ पनि दर्शकले देख्न पाउनेछन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो ।

मदनकृष्ण श्रेष्ठ – मेरो क्यारेक्टर रमाइलो छ । धेरै भन्न मिल्दैन , भूमिकाको बारेमा । मलाइ देखि रहनु भएको भन्दा केहि भिन्न देख्नु हुनेछ । प्रदीप भाइ (निर्देशक प्रदीप भट्टराई) ले राम्रो काम गरेका छन् । डबिङमा हेर्दा निकै रमाइलो लाग्यो फिल्म । पछिल्लो समय नयाँ पुस्तासंग काम गर्न पाउदा रमाइलो अनुभव नै रह्यो । फिल्ममा हामीले हाम्रै समाजको कथालाई चित्रण गरेका छौ । फिल्म हेरेपछि यसलाई रुचाउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।

किरण केसी –  मैले केहि सिनको डबिङ गरे केहि भने बाकी छ । यस फिल्ममा हामी नयाँ पुस्तासंग पनि जोडिएका छौ । फिल्मको कथा अनुसार पात्र चयन गरेका हौ र मलाइ लाग्छ फिल्मले दर्शकलाई मनोरन्जन प्रदान गर्नेछ । फिल्मलाई डबिङमा हेर्दा नै हामी हाम्रो सोचलाई पर्दामा उतार्न सफल भए जस्तो लागेको छ ।

प्रदीप भट्टराई – फिल्मको छायाँकन सकाएर हामी अहिले डबिङमा छौ । फिल्मको मदन दाई र किरण दाईको डबिङ लगभग सकियो । केहि मुख्य कलाकारको भने बाकी छ । मलाइ एउटा चुनौती थियो , कलाकारलाई कथामा कसरि ब्यबस्थापन गर्ने ? त्यसलाई राम्रोसंग कथामा बुन्न सके जस्तो लाग्छ । बाकि त दर्शकले फिल्म हेरेपछि नै मुल्यांकन गर्नु हुनेछ । तर यति भने फिल्म हेरिसकेपछी ढुक्क भएर भन्न सक्छु , जात्र हेर्नु र मन पराउनु भएको दर्शकलाई फिल्मले निराश बनाउदैन , मनोरंजन नै दिन्छ । मेरो सफलता भनेको फिल्मले पैसा कमाउनु भन्दा पनि दर्शकको मन जित्नु नै हुनेछ ।

प्रतिक्रिया