अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

अब काँग्रेस, माओवादी र मधेशबादीको सरकार निर्माण हुन्छ – नारायणमान बिजुक्छें

बिआरटीनेपाल २०७४ माघ ११ गते ४:३१ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस माओवादी र मधेशबादीको साझेदारीमा सरकार निर्माण हुन सक्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एमाले र माओबादीको पार्टी एकता सिदान्त भन्दा पदिय भागबण्डामा केन्द्रि बन्दै गएकाले यस्तो अवस्था देखिन सक्ने बताउनु भएको हो ।

उहाँले काँग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग सहकार्यता गरेको र माआवादी आफू चौंथो शक्तिकारुपमा आउने आँकलन पश्चात एमालेसँग सहकार्यता गरेको बताउँदै उहाँले भन्नु भयो हाल बामगठबन्धनमा पार्टी एकता भन्दा पनि पदिय भागबण्डाको बिषय उठानले प्रष्टाएको छ ।

उहाँले जब जब नेपाली काँग्रेस सरकारमा जान्छ तब तब नेपलाको सिमा मिचिन्छ यसको पछिल्लो उदारण नेपाली लालपूर्जाको जग्गा रातारात भारतले आफ्नो भन्नु र त्यसालई सरकाले समेत सम्र्थन गर्नुले पुष्टि गरेको बताउनु भयो । नेपला सरकार र भारत सरकारको दोहोरो तलब खाएर काम गरेको केही कर्मचारीको समेत यसमा संलग्नता रहेको उहाँको दाबी छ ।

देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आफूले चुनाव ताका गरेको खर्च असुल गर्ने काम भएको समेत उहाँले बताउनु भयो ।

माथिल्लो संसदको निर्वाचनको बिषयमा कुनै कानुनी प्रावधान नभएको र यसमा संबिधान बिपरित गएर काँग्रेस एमाले र माओवादीले आप्mनो अनुकुल ब्याख्या गरिरहेको समेत उहाँले बताउनु भयो ।

प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था देखिएको बताउँदै बिजुक्छेंले बिगतमै यसका सम्पूर्ण पुर्वाधार तयार गर्न नसक्नुले अव झनै जटिलता देखिने बताउनु भयो ।

नेपालमा चुनवाको परिणाम पश्चात गरिएको स्थिरता नितिमै सिमित बन्ने भन्दै बिजुक्छेंले नेपालमा राजनीतिक अस्थिरता फैलाएर फाईदा दिने बिदेशी एजेण्टहरुनै काँग्रेस माओवादी र एमाले भित्र भएकाले झनै अव देश गञ्जागोल तर्फ धकेलिने बताउनु भयो ।

प्रदशेको राजधानीका बिषयमा जसरी आवाज उठिरहेका छन् यो पहिले देखिनै आफूहरुले भन्दै आएको बिषय भएको र संघिय संरचनामा देश प्रबेश पश्चात अबिकसित स्थानहरुको बिकास तर्फ ध्यान दिनु पर्ने भन्दै उहाँले सातै प्रदेशको राजधानी काठमाडौंमा राख्नेहो भने यसको कुनै औचित्य नरहेको बताउनु भयो ।

उहाँले तीन नं प्रदेशको राजधानी भक्तपुर नभई हेटौंडा सारियको बिषयमा जसरी राजनीतिक चरित्र बिर्सियर अपराधिक शैलीको बिरोध गर्नेहरु राजनीतिक पात्र नभएको भन्दै संघियतामा प्रवेश पश्चात अन्य स्थानको बिकास नचाहने र उपत्यकालाई सर्बपरि देख्ने गरि गरिएको अराजक अवस्थाकोे कुनै अर्थ नरहने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू