अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

प्लस साइज भएका युवा युवतीहरुको लागि प्रेरणा बन्न चाहन्छु – सिर्जना महत

बिआरटीनेपाल २०७४ माघ १० गते २२:४३ मा प्रकाशित

नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ । मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ । अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो । तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको छ । ठूला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रवद्र्धनमा प्रयोग गरेको पाइन्छ । त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवा युवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुदै गएको पाइन्छ l

अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समयअनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन र मोडलिङको प्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको छ । अब फिट र हेल्दी शारीरिक सौन्दर्यले प्राथमिकता पाउँदै गएको छ । भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ । यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दा मान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको छ ।

शरीरको मोटोपन सँगै व्यक्तिको शारीरिक एवं बौद्धिक सौन्दर्यलाई कम आँकलन गरिनु तथा उसको प्रतिभा, क्षमता र आत्मविश्वासप्रति बेवास्ता गर्नु पूर्ण रूपमा गलत साबित भएको छ । अहिले विश्व स्तरमा प्लस साइज भएका युवा युवतीले समेत तहल्का मच्याएका प्रसस्त उदाहरणहरु छन l

भर्खरै मात्र मेडिकल फिल्ड बाट मोडलिङमा फड्को मार्न लागेकी सुन्दर मुहार तथा बौद्धिक क्षमतवान पेशाले नर्सिङ डाइरेक्टर सिर्जना महत प्लस साइज मोडल अन्तर्गत पार्छिन l उनि भन्छिन मलाई थाहा छ कि म मोटी छु, तर आफ्नो प्लस साइजबाट म धेरै खुसी छु र मेरो डाइटिङ गर्ने कुनै चाहना छैन र म मेरो यहि प्लस साइज फिगर बाट मोडलिङमा क्षेत्रमा चर्चित हुन चाहन्छु । किनभने मोडलिङ गर्न स्लिम फिगर मात्र भएर पुग्दैन जसमा बौद्धिक क्षमताको साथमा कला आट र हिम्मत पनि हुनु जरुरि छ तसर्थ पनि म अहिले आफ्नो पेशाको साथमा मोडलिङ क्षेत्रमा समेत सक्रिय रहने योजना सहित अघि बढेको कुरा उनि बताउछिन l

नब सिर्जना महत प्लस साइज भएर पनि मिलेको शरीर, सुन्दर हसिलो मुहार, सबै संग हासेर बोल्ने, चाडैनै मानिस संग घुलमिल हुने तथा बौद्धिक क्षमतामा अब्बल हुनुका साथमा कला र अभिनयमा समेत राम्रो दख्खल राख्नु उनको बलियो पक्ष रहेको छ l

उनि पेशाले कुशल नर्श हुन् भने अहिले उनि नर्सिङ डाइरेक्टरको रुपमा काम गर्दै आएकी छिन l समाजसेवाम समेत उत्तिकै चासो राखेर सामजिक कार्यमा आफ्नो हात बढाउदै आएकी सिर्जना भविष्यमा सामाजिक कार्य लगायात मोडलिङ र आफ्नो पेशालाई एकै साथ अघि बढाउदै एक सफल समाजसेवी बन्ने समेत उनको उदेश्य रहेको छ l उनि भन्छिन हामि जस्ता प्लस साइज भएर केहि गर्न सकिन्न, मानिसको अगाडी आउन सकिन्न, मोडलिङ गर्न सकिन्न भनेर सधै पर्दा पछाडी डराएर बस्ने युवा युवतीहरुको लागि रोल मोडल तथा प्रेरणाको श्रोत भएर यस क्षेत्रमा उनीहरुको आइकनको रुपमा उपस्थिति हुनुनै मेरो लक्ष्य हो l

प्रतिक्रिया