अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

डिट्ठा साबको ‘चङ्गा’ बनाउने घोषणा

बिआरटीनेपाल २०७४ माघ ४ गते ६:३५ मा प्रकाशित

चलचित्र ‘चङ्गा’ को अफिसियल निर्माण घोषणा गरिएको छ । कलाकार वुद्दि तामाङ (हैट)को मुख्य भूमिका रहने गरी चलचित्र निर्माण हुने बुधबार राजधानीको मण्डला थिएटरमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा जनाइयो ।  

हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को कथा लेखन तथा निर्देशन रहने चलचत्रिमा वुद्धिका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

कमेडी जनरामा निर्माण हुने बताइएको चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् । निर्देशक भण्डारीले टेलिभिजनमा ‘डिट्ठा साब’ भएर दर्शकले देखेको भएपनि यो चलचित्रमा ‘डिट्ठा साब’ भएर नआउने बताए । ‘म चलचित्रमा ‘डिट्ठा साब’ हैन किशोर भण्डारी भएर बनाउँदैछु  ।त्यसैले चलचित्र सिरियल जस्तो होला, टिभिमा हेर्ने जस्तो होला भनेर नसोच्नुहोला ।’, भण्डारीले भने ।

रविन आचार्यले खिच्ने चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ । फ्लोरमा जानु अगाडि नै ‘चङ्गा’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । निर्देशक भण्डारीका अनुसार, यो चलचित्र आउँदो बर्षको जेठ ११ गतेबाट प्रदर्शन हुनेछ ।

 

प्रतिक्रिया