अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

 मधु क्षेत्री र रामजी खाँडकोे लोक दोहोरी गीत ‘पिरतीमा एक्का’ सार्वजनिक (भिडियो )

बिआरटीनेपाल २०७४ माघ ३ गते ३:३० मा प्रकाशित

गायिका मधु क्षेत्रीले नयाँ गीत ‘पिरतीमा एक्का…’ लिएर आएकी छन् । मधुलाई रामजी खाँडले स्वरमा साथ दिएको लोक दोहोरी गीत ‘पिरतीमा एक्का…’ मधुले स्रोता\दर्शकमाझ सार्वजनिक गरेकी हुन् ।

मधुसुदन डाँगीको शब्द रहेको गीतलाई रामजीले नै सङ्गीत गरेका छन् । विक्रम चौहानको निर्देशन, अजय रेग्मीको छायाँकन र मिलन वि.क.को सम्पादन रहेको गीतको भिडियोमा रामजी, मधु र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

थुप्रै गीत मार्फत दर्शक÷स्रोताको मन जित्न सफल मधुको केही समय अघि ‘ब्युटी ब्युटी छ…’ र ‘कुरा काटे पातै फरर…’ले राम्रै चर्चा पाएका थिए । पछिल्लो समय लोक गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पिरतीमा एक्का बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।

विगत ७ वर्षदेखि नेपाली गीत÷सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ ।

सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पिरतीमा एक्का…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।

 

प्रतिक्रिया