अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

मेडिकल फिल्डबाट मोडलिङमा स्थापित हुने चाहनामा सिर्जना महत

बिआरटीनेपाल २०७४ पुष ३० गते ६:४६ मा प्रकाशित

पढ्न लेख्न तथा सामाजिक कार्यमा अब्बल नब मोडल सिर्जना महत पेशागत रुपमा नर्सिङ डाइरेक्टर हुन l सानै देखि महत्वकाक्षि स्वभावकी सिर्जना नया-नया काम र प्रयोग गर्न रुचि राख्छिन l

सानै देखि मोडलिङ क्षेत्र मन पराउने र आफु पनि एकदिन मोडल बन्ने सपना बोकेकी सिर्जना महत मोडल बन्न सुरुमा शिक्षा चाहिन्छ र आफु पनि सक्षम हुनु पर्छ भन्ने सोच राखेर बिएन नर्सिङ सम्मको अध्यन पुरा गर्न तर्फ लागिन र अध्यन पश्चात आफ्नो पेशागत सेवामा लाग्दै उनि नर्सिङ डाइरेक्टर जस्तो गरिमामय पदमा समेत काम गर्दै आएकी छिन l करिब ५० जना नर्सहरु तथा अन्य २० जना स्टाफहरुलाइ ब्यबस्थित रुपले संचालन गर्दै आएकी उनि अहिले नर्सिङ साथमा मोडलिङमा समेत स्थापित हुने चाहना लिएर अगाडी बढ्दै छिन l

मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ l अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहना सबैको हुन्छ l नाम कमाउन अनि चर्चित हुनेरहर सबैको हुन्छ त्यही अनुसार उनि अहिले मोडल बन्ने चाहना सहित मोडलिङ क्षेत्रमा प्रवेश गर्दैछिन l

राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नोसपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपना सँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवायुवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नामकमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर बिगत केहि समय देखि आफ्नो पेशा संगै मोडलिङको भीडमा आफूलाई स्थापित गराउन गराउने योजनाकोसाथमा अगाडि बढदै गरेकी नब मोडल सिर्जना महत अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन l

उनि भन्छिन,’हुन त अन्य मोडलहरुको जस्तो जिरो फिगर तथा मिलेको शरीर मेरो छैन तर मोडलिङ क्षेत्रको विश्व ईतिहास हेर्ने हो भने प्लस साइज अर्थात चबि मोडल भएर पनिसंसारमा चर्चित भएका र राम्रो काम गरेको उदाहरण धेरै छन तसर्थ पनि आफ्नो मोटोपनले गर्दा घर भित्र मात्र बस्ने युवा युवती तथा महिलाहरुको लागि आफु रोल मोडल बनेर केहिकाम गर्ने इच्छा राखी यस क्षेत्रमा पाइला टेकेको उनि बताउछिन l  मोडलिङ मोहको कारणले गर्दा अहिले आफु प्लस साइज मोडलमा समेत भाग लिन गाइरहेको बताउने उनिभविष्यमा मोडलिङ क्षेत्रमा भएका नकारात्मक कुराहरुलाई सकारात्मक रुपमा परिबर्तन गर्दै लैजाने कुरा उनि बताउछिन l

e

प्रतिक्रिया