अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

सर्वाधिक महंगो रकममा डिजिटल-अन्तराष्ट्रिय अधिकार बिक्री भएपछि प्रदर्शन पूर्व नै ‘शत्रुगते’ फाइदामा

बिआरटीनेपाल २०७४ पुष ३० गते ६:२९ मा प्रकाशित

बहुप्रतिक्षित चलचित्र शत्रुगतेको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार महंगो रकममा बिक्रि भएको छ । ओएसआर डिजिटलले
नेपाल पछिल्लो समय स्टारकास्टकै कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्रि भएको छ । १ करोड ११ लाख रकममा ओएसआर डिजिटलले चलचित्र शत्रुगते को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार खरिद गरेको हो ।

अहिलेसम्म नेपाली फिल्मलाई दिईएको सबै भन्दा बढी रकम मानिएको यो बजेटमा शत्रुगते को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार खरिद भएपछि चलचित्र राम्रो बनेको पृष्टि भएको छ भने दर्शकलाई यो चलचित्र प्रति उत्साह र चासो थपिएको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् जसमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा केहि साता अघि सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीत अहिले सर्वाधिक चर्चा छ ।

हरिवंश आचार्यको कथा, प्रदीप भट्टराई र दीपकराज गिरीको पटकथा रहेका चलचित्रलाई दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माण गरेका हुन् । दिर्घ गुरुङको छायाँकन रहेको यस चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया