अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

नायिका गौरी मल्ल अब गायिका पनि – ‘जीवन साथी’ गीत सार्वजनिक  (भिडियो)

बिआरटीनेपाल २०७४ पुष २९ गते ९:३७ मा प्रकाशित
नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् ।  गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।
गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।
विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरियोग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

प्रतिक्रिया