अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

सत्य घटनामा आधारित चलचित्र ‘नेप्कीन’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष २८ गते २:३४ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरुले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो फिल्म निर्माण गरेका हुन् ।

ट्रेलरमा वेराजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । गुण्डागर्दी, अपराध र त्यसपछि हुने बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ । युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुवास मगरले छायांकन गरेको फिल्ममा भूपेन्द्र बानको द्धन्द रहेको छ ।

बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी शो गरिएको छ । फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ ।

प्रतिक्रिया